सर्वोच्चको आदेश सच्याउन बाराका नेताको माग

बारा । सर्वोच्च अदालतले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थाल बनाउन रोक लगाएपछि बाराका जनता आन्दाेलित भएका छन् । राष्ट्रिय गौरवको आयोजना बारामै बन्ने चर्चा चलेको तीन दशकपछि प्रक्रियाले गति लिँदै गर्दा अदालतबाट रोक लगाउने कार्यले जिल्लाबासीमा असन्तुष्टि छाएको छ । निर्णय सार्वजनिक भएसँगै स्थानीयले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै सोको विरोध गरेका छन्…