सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाउने

काठमाडौं । सरकारले चुनावका बेला सामाजिक सञ्जालको प्रयोगमार्फत हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने कामलाई चुनाव केन्द्रित सुरक्षा रणनीतिकै अङ्गका क्रममा लिँदै गैरकानूनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा चारवटै सुरक्षा…