युट्युब र टिकटकबाट सञ्चारमाध्यम आत्तिन पर्दैन : ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यामहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन आग्रह गरेका छन् । समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको उनकाे भनाइ थियो । बुधवार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले…