आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई मङ्गलवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको…