बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजस्व कार्यालयको छापा

काठमाडौं । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा भारतको आन्तरिक राजस्व कार्यालयले छापा हानेको छ । बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएकाे छ । बीबीसीले केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको…