काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूको रु. ६० अर्बभन्दा बढी भुक्तानी रोकिएकाले व्यवसायीहरू आर्थिक रुपमा धराशायी भएको जनाएको छ । महासंघको २४ औं साधारण सभाबाट पारित २७ बुँदे निर्णयहरू काठमाडौं घोषणा मार्फत् पत्रकार सम्मेलनमा बिहिबार सार्वजनिक गर्दै महासंघले भुक्तानीको समस्या जटिल भएको जानकारी दिएको हो । बाँकी रहेको बीलको भुक्तानी अर्थ मन्त्रालय मार्फत सम्बन्धित…