काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(जलस्रोत तथा सिँचाइ) सागर कुमार राईले बोलपत्रको बुँदा सच्याएका छन् । सुनकोसी मरिन डाइभर्सन मल्टी प्रपोज प्रोजेक्ट, सिन्धुली प्रोजेक्टको बोलपत्रमा स्पेसिफिकेसनमै मिलेमतोको हुनसक्ने आशङ्कापछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले उल्लेखित एउटा बुँदा सच्याउन भनेका थिए । बोलपत्रको अनुभवसम्बन्धी एउटा बुँदामा ठेकेदार कम्पनीले आउट अफ होम कन्ट्री…