खरिद सम्झौता विवरण अद्यावधि गर्न सार्वजनिक निकायद्वारा बेवास्ता

काठमाडौं । अधिकांश सार्वजनिक निकायहरुले ठेक्का सम्झौता विवरण अद्यावधि गर्ने सूचनाको बेवास्ता गरेका छन् । झन्डै एक महिना अगाडि सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार खरिद सम्झौता भएका सम्पूर्ण खरिद कार्यको विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सञ्चालित विद्युतीय खरिद प्रणालीमा अद्यावधिक गर्न सूचना जारी गरेको थियो ।…