काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई-मधेस द्रूतमार्ग तोकिएको समय सिमाभित्रै सम्पन्न गर्ने रक्षा मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयले आगामी २०८१ मंसीरभित्र निर्माण गरिसक्ने जनाएको हो । मन्त्रालयका अनुसार आयोजनाको मुख्य काम सुरुङ र पुल निर्माण भए पनि त्यसैअनुसार विकास निर्माणको काम भैरहेको जनाएको हो । मन्त्रालयले स्वीकृत डीपीआरमा आधारित रहेर…