कोरिया गएर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

काठमाडौँ । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। शाखाले सूचना प्रकाशित गर्दै ५ वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ।…