सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । “उखुको न्यूनतम खरिद मूल्य जुन छ उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले…