एनआईसी एशियाका ग्राहकहरूले एटिएमबाट कार्डबिनै रकम झिक्न सक्ने

काठमाडौं । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन्…