काठमाडौं । विनियोजित बजेटमाथि छलफलमा बोल्दै ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त राष्ट्रिय गौरवको आयोजनामा बजेट विनियोजन गर्न कन्जुस्याइँ नगर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । सांसद खतिवडाले उठाएको सवालको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले उक्त आयोजनाका लागि यसै वर्षबाट जग्गा अधिकरण थालिने जवाफ…