काठमाडौं । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आजदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए । यस वर्ष दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ । त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट…