नेप्से लगातार उकालो, चार दिनमै झण्डै १०० अङ्कको वृद्धि

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन हरियाली भएको छ। आज नेप्से परिसूचक ३४.४२ अङ्कले उकालो लाग्दै २,६९४.८२ विन्दुमा पुगेको छ। पछिल्ला चार दिनमा सूचक झण्डै १०० अङ्कले बढिसकेको छ। आज सबै समूहको शेयर मूल्य बढेको देखिएको छ। जीवन बीमा समूह २.८३ प्रतिशतले, निर्जीवन बीमा समूह २.५१ प्रतिशतले र विकास बैंक समूह २.३१ प्रतिशतले उकालो…