काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो । त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९८ बिन्दुमा आएर कारोबार रोकिएको छ । आइतबार १८ कम्पनीको मूल्य बढेको छ ।…