म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुंग-तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उनले भने “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उनी जस्तै बेनी-जोमसोम सडक भएर मुस्ताङ जाने-आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने…