सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

काठमाडौं । सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा करिब एक हजार मानिसहरू फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ ।उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको छ ।…