गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो : मन्त्री किराती

ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् । गोदावरी नगरपालिका–३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे । “गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना…