रामपुर । रामपुरका स्थानीय युवाको अग्रसरतामा श्रमदानबाट थानी ढुंगा पदमार्गको निर्माण सुरु भएको छ । रामपुरटार सिरानबाट थानी ढुंगा र त्यहाँबाट दाहालहरुको कुलपूजा स्थान हुँदै अर्को डाँडा ढुस्केसम्म पदमार्ग निर्माण गर्न युवाहरु जुटेका हुन् । रामपुरटारबाट उत्तरतर्फ रहेको डाँडामा एक ऐतिहासिक विशाल ढुंगा रहेको छ । त्यो ढुंगालाई थानी ढुंगा भनिएको र त्यसैको नामबाट डाँडाको…