काठमाडौं । नेपाल पर्यटन बोर्डले विदेशी यात्रुहरूसँग उठाउँदै आइरहेको पर्यटन सेवा शुल्क खारेज हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालबाट विदेश उड्ने पर्यटकसँग टिकटमै जोडेर उठाउने सेवा शुल्क हटाउन अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन (आइटा) लाई पत्राचार गर्ने भएको छ । पर्यटन बोर्डले नेपालबाट बाहिरिने विदेशी नागरिकसँग हवाई टिकटमै जोडेर एक हजार रुपैयाँ उठाउँदै आइरहेको छ ।…