महोत्तरी । बर्दिबासमा आन्दोलित शिक्षकहरूले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले विपक्षीहरूसँग लिखित जवाफ माग गरेकाे छ । पूर्व जानकारी विना एक्कासि करारमा कार्यरत शिक्षक हटाएको भन्दै पीडित शिक्षकहरूले अदालतमा रिट हालेका थिए । अन्तरिम आदेशको माग गर्दै दिएको उक्त रिटमाथि अधिवक्ताद्वय मनिराम उपाध्याय र सञ्जयराज अधिकारीको बहसपछि मुख्य न्यायाधीशको इजलासले १५ दिनकाे लिखित…