काठमाडौँ । नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गर्दैछ । विसं २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट…