शिक्षकलाई कांग्रेस प्रवक्ता महतको सुझावः शिक्षक पनि विद्यार्थी हुन तयार हुनुपर्‍यो

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको युगमा विद्यार्थी–विद्यार्थीकोबीचमा मात्र नभई शिक्षक र विद्यार्थीकैबीचमा पनि प्रतिस्पर्धा भइरहेको बताएका छन् । नुवाकोटमा आयोजित कांग्रेसनिकट नेपाल शिक्षक संघको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको चरम विकास भएको युगमा शिक्षक चनाखो हुनुपर्ने बताए । यसका लागि आफू शिक्षक भए भनेर बडप्पन गरेर नबसी विद्यार्थी पनि बन्नुपर्ने…