अल्लू अर्जुन र रश्मिका मन्दाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन् । फिल्मका निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्ने कोशिस गरिरहेका छन् । उनीहरुले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्नका लागि निर्माताले स्क्रिप्ट परिवर्तनको प्रयास गरेका हुन् । समाचारअनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए ।…