‘सिङ्गिङ स्टार नेपाल’ को ग्राण्ड फिनालेमा सुदूरपश्चिमका आशिष चन्द

काठमाडौं : सुदूरपश्चिम प्रदेशले फेरि एकपटक सांगीतिक क्षेत्रमा देशव्यापी चर्चा कमाएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–४ का २२ वर्षीय गायक आशिष चन्द (असीम) नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ को ग्राण्ड फिनालेमा प्रवेश गर्न सफल भएका छन्। उनकाे यो यात्राले सुदूरपश्चिमको सांगीतिक क्षमतालाई राष्ट्रिय मञ्चमा पुनः स्थापित गरिदिएको छ। सानैदेखि गायनमा रुचि राख्दै…