थप ३०० जनामा कोरोना संक्रमण पुष्टि, १२४ जना निको भए

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालाहरुमा १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा…