ओखलढुंगा मिसन अस्पतालमा बिमा रकम नपुग्दा बिरामीले उपचार पाएनन् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन सरकारसँग माग गरेका छन् । मंगलबारको संसद् बैठकमा बाेल्दै खतिवडाले बिमा रकम समयमा नपुग्दा बिरामीले उपचार नपाउने र डाक्टरले तलबभत्ता नपाउने अवस्था आएको सरकारकाे ध्यानाकर्षण गराए । सांसद खतिवडाले भने, “ओखलढुंगा मिसन हस्पिटलमा बिमाको रकम समयमा नपुग्नाले त्यहाँ बिरामीले उपचारबाट वञ्चित…