कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

काठमाडौं । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ।  महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई कोभिड-१९ संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो।  महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा…