जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बिमा

जुम्ला । जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । आठ स्थानीय तह रहेको जुम्लामा बिमा लागू भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बिमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी…