पर्सा । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रवार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले हैजालाई अत्यन्त गम्भीर सङ्क्रामक रोग भन्दै कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिएका छन्। उनले शङ्का लागेका लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न…