चितवन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् । चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले…