एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टाको अवधिमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । देशभर थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३१३ जना निको पनि भएका छन्…