देउवालाई ‘बाइपास’ गरेर नेतृत्व हत्याउने सपना नदेख्न मुख्यमन्त्री शाहको चेतावनी

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र मौलाएको अस्वस्थ नेतृत्व होडबाजी र किचलोले पार्टीलाई दुर्घटनातर्फ धकेलिरहेको चेतावनी दिएका छन् । बझाङ र बाजुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सभापति शेरबहादुर देउवालाई किनारा लगाएर नेतृत्व हत्याउने महत्त्वाकांक्षा नराख्न असन्तुष्ट पक्षलाई सुझाव दिएका हुन् । उनले सभापति देउवालाई ‘निचोरेर’ वा बाहिर राखेर…