बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्‍याे

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको विभिन्न ठाउँमा पानी परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बागमती प्रदेशका धेरैजसो ठाउँमा सामान्य वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । गएको ६ घण्टामा सिन्धुलीको बोर्लेनीमा सबैभन्दा बढी १७ मिलिमिटर पानी परेको छ । ललितपुरको लेलेमा ७.८ मिलिमिटर, गोदावरीमा ३ मिलिमिटर, दोलखाको जिरीमा ६.६ मिलिमिटर,…