काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदैछ । पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो । होलीका अवसरमा सरकारले आज तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा…