काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो। प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। नेपाली काँग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको…