काठमाडौं । अमेरिका र इरानबीचको तनाव निरन्तर बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ निर्णयले दुई देशबीचको यो कटुता थप बढाइदिएको छ । ट्रम्पले विश्वको सबैभन्दा ठूलो विमानवाहक पोत ‘यूएसएस गेराल्ड आर फोर्ड’लाई क्यारिबियन सागरबाट हटाएर मध्यपूर्व पठाउने आदेश दिएका छन् । यो मध्यपूर्वमा तैनाथ हुने अमेरिकाको दोस्रो ठूलो विमानवाहक पोत हुने बताइएको छ…