काठमाडौं । झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो एक बजे शुरू हुने आयोजकले जनाएको छ । नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले १०…