काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत पिताम्बर खड्का झापाको दमकस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी घरको भुइँतल्लाको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक रूपमा घटनालाई आत्महत्यासँग जोडेर अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ…