पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामा महानगरकाे डोजर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । गौशालामा रहेकाे कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले आज डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरू भत्काउने कार्य पुनः शुरू गरेको बताए…