काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले कोशी, मधेश प्रदेशका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ…