नुवाकोट । बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई मन्त्री डा. प्रकाशशरण महतले आग्रह गरे । नुवाकोट दुप्चेश्वर-२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन । सिप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न…