ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ यो निर्णय कार्यान्वयनमा ल्याएको हो । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप…