मुस्ताङमा हिमपात : चराङ–लोमान्थाङ सडकमा आठ इञ्चसम्म हिउँ जम्यो

मुस्ताङ । मुस्ताङमा आज बिहानैदेखि ठूलो हिमपात भैरहेको छ । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा आठ इञ्जसम्म हिउँ जमेको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण गाडी आवतजावतमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । हिजो लोमान्थाङ–२ न्हेचुङको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीले…