काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भइरहेको भन्दै पर्वतारोहण दल र पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सङ्घले आज सूचना निकालेर पर्वतारोही र पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित ठाउँमा रहन अनुरोधसमेत गरेको छ । यात्रा गर्नुअघि थप सतर्कता अपनाउन पनि सङ्घले सुझाव दिएको छ…