सन्दीप लामिछाने एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान

काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो । एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी—२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ ।…