सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले कांग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन्। शुक्रबार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिँदै कांग्रेस पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नयाँ पार्टीहरुको उदयलाई सामान्य रुपमा लिनुहुन्न । तर अब सबै सकिइसक्यो भनेर अत्तालिनुपर्दैन…