चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्चालनमा आएको हो । यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा…