भारत–चीनबिच पाँच वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु

कोलकाता । पाँच वर्षको अवरोधपछि भारत र चीनबिच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः सुरु भएका छन् । यो कदम व्यापार र जनता–जनताबिचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष्ट्रबिच सम्बन्ध पुनर्निर्माणको प्रतिकात्मक सुरुवात गरेको छ । विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबिच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै…