काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भारतले अखण्ड भारत भन्ने नक्शामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद डा बिमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गरिन्…